खाेज्नुहाेस

लेखराज भट्ट लगायत ४ सांसदहरुको रिटमाथि आज पुनः पेशी तोकियो

Image

काठमाडौं – नेकपा माओवादी केन्द्रले कारवाही गरेका ४ सांसदहरुको रिटमाथिको आज पुनः पेशी तोकिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासमा कारवाही विरुद्धको मुद्दामाथि सुनुवाइको पेशी तोकिएको हो ।

माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । चारै नेताले सांसद् पदमा पुनर्बहालीको माग गरेका छन् ।

attariya hospital
navjiwan hospital

बिहीबार हेर्न नभ्याइएको रिट शुक्रबार पुनः पेशी तोकिएको थियो। तर, निवेदकका कानुन व्यवसायीले आजको पेशी स्थगित गर्न आग्रह गरेपछि स्थगित गरिएको थियो ।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन्।

फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादीले पार्टीको विधान विपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो ।

माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरेपनि आफूहरूले दल त्याग नगरेको चार नेताले जिकिर गरेका छन् । भट्ट कैलाली क्षेत्र नम्बर ४, रायमाझी अर्घाखाँची, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।