खाेज्नुहाेस

बझाङमा धामिको न्यायको लागि नारा जुलुश निकालियो

Image

रमेश बहादुर सिह/बझाङ– तुईनबाट खसेर बेपत्ता भएका दार्चुलाका जयसिँ धामीको न्यायका लागी बझाङमा नाराजुलुस निकालिएको छ ।

navjiwan hospital

शनिबार एक कार्यक्रमका विच नेपाल कम्युनिष्ट पार्टी नेकपा (विप्लव) समुहले जिल्लाको सदरमुकाम चैनपुर बजारमा नारावाजी गर्दै जुलुस निकालेको हो ।

attariya hospital

दार्चुलाको महाकाली नदिमा भारतीय एसएसबीले गरेको चर्तीकला बारे चर्को नारा लगाउदै कडा भन्दा कडा कार्वाही गरियोस भनी कार्यक्रम आयोजना गरेको विप्लवका नेता जोग कठायतले बताए ।

विप्लव बझाङले गरेको कार्यक्रममा भारतिय साम्राज्यवाद मुर्दावाद, सिमानाकामा ज्याजति गर्न पाईदैन, यस्तो हर्कत हामीलाई चाईदैन नारावाजी गरिएको थियो । कार्यक्रम पार्टीका जिल्ला सेक्रेटरी विराट उपाध्यायको सँयोजकत्वमा भएको थियोे ।