खाेज्नुहाेस

कर्णाली स्कारपियो दुर्घटना अपडेट : २ बेपत्ता, ३ को उद्धार

Image

धनगढी – कर्णाली नदीमा स्कारपियो खसेको छ । स्कारपियोमा सवार दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।

डोटीको आदर्श गाउँपालिका काँडे साउलेका चालक चन्द्र प्रकाश जोशी र रुपी जोशी नदीमा बेपत्ता भएका छन् । जिपमा सवार अन्दाजी ३ र ५ वर्षका भुवन जोशी र सावित्री जोशी गम्भिर घाइते भएका छन् ।

attariya hospital
navjiwan hospital

सोही ठाउँकी अन्दाजी १२ वर्षीय लक्ष्मी जोशी भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गम्भिर घाइतेहरुलाई लम्कीस्थित लाल रत्न अस्पतालमा प्राथमिक उपचारपछि नेपालगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

चिसापानीदेखि सोल्टा जाने क्रममा मोहन्याल गाउँपालिका–७ बाँका स्थित कच्ची सडकमा ब्याक गर्दा जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

जानकारी प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले तीन जनालाई झाँडीमा अड्किएको अवस्थामा फेला पारेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनले भने, जिपमा एकै घरपरिवारका तीन जना भाइबहिनी र आमा बुवा रहेको उनले बताए । गाडी नदीमा डुबेको नम्बर पत्ता लाग्न सकेको छैन ।