धनगढी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा छापा हानेको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले नगरपालिकामा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको बताए ।
‘सडक पूर्वाधारका काम सम्पन्न नहुँदै भुक्तानी दिएको भन्ने उजुरीको आधारमा हाम्रो टोलीले नगरपालिकामा छापा हानेको हो जोशीले भने, ‘केही कागजात नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।’


















