खाेज्नुहाेस

दाङमा प्रतिबन्धित जरायोको सिङसहित तीनजना पक्राउ

Image

दाङ – दाङमा प्रतिबन्धित वन्यजन्तु जरायोको सिङसहित तीनजना पक्राउ परेका छन्।

navjiwan hospital

पक्राउ पर्ने दाङको बबई गाउँपालिका–१ गँगटेका २२ वर्षीय जीवन घर्ती, बबई–४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यानको शारदा नगरपालिका–४ साईलाकम्दाका २२ वर्षीय विनोद वली रहेका छन् ।

attariya hospital

उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–८ गहते खोलाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

हतेखोला नजिक जरायोको सिङ बिक्री गरिरहेका भन्नेसूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दुईवटा सिङ बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।