खाेज्नुहाेस

डडेल्धुराको सडक सीमा विवाद समाधानउन्मुख

Image

डडेल्धुरा – डडेल्धुराको बागबजार–अनारखोली सडक खण्डको सडक क्षेत्राधिकार (राइट अफ वे) सम्बन्धी चार वर्षदेखिको विवाद समाधानतर्फ उन्मुख भएको छ ।

navjiwan hospital

प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ १५–१५ मिटर राइट अफ वे कायम गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

attariya hospital

बैठकले उक्त सीमाभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गरी अमरगढी नगरपालिकाले तत्काल नक्सापास प्रक्रिया सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यस निर्णयसँगै लामो समयदेखि रोकिएको घर निर्माण, बैंकिङ कारोबार तथा नगर विकासका गतिविधिले पुनः गति लिने अपेक्षा गरिएको छ ।

अन्तिम निर्णय भने नेपाल सरकारले गर्ने भए पनि स्थानीय तहमा लामो समयदेखिको सडक सीमा विवाद समाधानतर्फ यो महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।