खाेज्नुहाेस

बेलौरी, पुर्नवासबाट २ दिनमै साढे ४ लाखका अवैध समान बरामद

Image

बेलौरी – कञ्चनपुरको दक्षिणी सीमाका विभिन्न स्थानबाट लाखौँ मूल्यका अवैध रूपमा नेपाल भित्र्याइएका लाखौँ मूल्यका अवैध सामान, खाद्यान्न तथा सवारीसाधनहरू सशस्त्र प्रहरीले बरामद गरेको छ ।

शनिवार र आइतबार सशस्त्र प्रहरी बल नेपालका बीओपी तथा सुरक्षा बेसहरूबाट खटिएका गस्ती टोलीले पुर्नवास,बेलौरीका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका करिब ४ लाख ६४ हजार रुपैयाँ बराबरका किराना सामान, पेय पदार्थ, लसुन, कपडा, प्रतिबन्धित ब्रोइलर कुखुरा तथा माछा बरामद गरेका हुन् ।

attariya hospital

आइतबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ४ घ गाउँ सीमा इलाकामा खटिएको गस्ती टोलीले से ३ प ३९५० नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको ३० किलोग्राम प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरेको छ ।

navjiwan hospital

मोटरसाइकल र कुखुरा गरी कुल एक लाख ५९ हजार रुपैयाँ मूल्याङ्कन गरिएको सो कारबाहीमा कुखुरा नष्ट गरी मोटरसाइकल भन्सार दाखिला गरिएको छ । यसै गरी डोके बजार सीमा इलाकाबाट सशस्त्र प्रहरी निरीक्षक हरिबहादुर विकको कमान्डमा खटिएको टोलीले भारतबाट भन्सार छली ल्याइँदै गरेको ४८ हजार ५७० रुपैयाँ बराबरको किराना तथा लेडिज सुट सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

त्यसै गरी पुनर्वास वडा नम्बर ६ को घाटस्थित जङ्गल इलाकाबाट साउन ९ गते दिउँसो सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्रबहादुर मल्लको नेतृत्वमा रहेको टोलीले ३० हजार ७२० रुपैयाँ मूल्याङ्कन गरिएका तीन थान साइकल र १३० किलोग्राम लसुन नियन्त्रणमा लिई कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको छ ।

त्यस्तै बेलौरी वडा नम्बर १० सडक घाट सीमा इलाकाबाट साउन ९ गते एक लाख रुपैयाँ बराबरको यूपी २७ एच ०६५७ नम्बरको भारतीय मोटरसाइकल र २४ हजार रुपैयाँ बराबरको ८० किलोग्राम प्रतिबन्धित माछा बरामद गरिएको छ । सो माछा स्थानीय जनप्रतिनिधि र भद्र भलादमीहरूको रोहबरमा नष्ट गरिएको छ भने मोटरसाइकल भन्सार बुझाइएको छ ।

यस्तै बेकौरी नगरपालिका १० जर्शीखल्ला क्षेत्रबाट २० हजार ४०० रुपैयाँ बराबरका पेय पदार्थ र ५० किलोग्राम माछा बरामद गरी खाल्डोमा पुरी नष्ट गरिएको छ । बेलौरी नगरपालिका १ फटिया क्षेत्रबाट ७० हजार रुपैयाँ बराबरको ७०० लिटर ड्यु पेय पदार्थ नियन्त्रणमा लिई फर्वाड बेस कार्गीलडाँडा परिसरभित्र खाल्डो खनेर नष्ट गरिएको छ ।

सोही इलाकाको थापाचोकबाट ३१ हजार ३०० रुपैयाँ बराबरका लेडिज कपडाहरू समेत बरामद गरी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय दाखिला गरिएको छ ।