अत्तरिया – कैलालीमा जवरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन । टीकापुर नगरपालिका – १ ब्लक नम्बर २५ का २१ वर्षीय दिवश डगौरालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

















