खाेज्नुहाेस

अत्तरियामा साढे ३ करोडको लगानीमा होटल सुविधा सञ्चालनमा

Image

अत्तरिया – कैलालीको अत्तरियामा होटल सुविधा सञ्चालनमा आएको छ ।

विभिन्न आर्कषक सेवा सुविधासहित करिब साढे ३ करोडको लगानीमा धनगढी – ४ उत्तरबेहडी बस्ने विनय खड्काले व्यक्तिगत लगानीमा होटल सञ्चालनमा ल्याएका हुन ।

attariya hospital

प्रदेशको राजधानी भएपनि अत्तरियाका होटलहरुमा केही नयाँपन नभएका कारण आफुले केही नयाँ दिने मनसायले होटल सञ्चालनमा ल्याएको खड्काले बताए । होटलमा लजिङ्ग, फुडिङ्ग, रेष्टुरेन्ट तथा मिटिङ्गहल लगायतका सुविधाहरु रहेको उनले बताए ।

navjiwan hospital

उनले ग्राहकलाई सहज र सुलभ रुपमा विभिन्न खाना नास्ता एवम् आवासको सुविधा होटलले दिने बताए । होटलमा लजिङ्गका लागी अटेज, ननअटेज, एसी तथा ननएसी १९ वटा कोठाहरु रहेको बताउदै उनले ग्राहकको अर्डर अनुसारका परिकारहरु पनि उपलब्ध रहेको बताए ।

‘ग्राहकको सन्तुष्टि नै हाम्रो चाहाना हो’ उनले भने ‘ग्राहकले होटलमा आईसकेपछि निराश भएर फर्कन नपरोस भनेर हामीले विशेष ध्यान पु¥याएका छौ ।’

धनगढीको स्थानिय भएपनि धनगढीमा नभई अत्तरियामा होटल सञ्चालन गरी ९ जना स्थानियलाई रोजगारी दिएको उनले बताए । ‘धनगढीमा धेरै होटलहरु छन, अत्तरियामा पनि छन’ उनले भने ‘तर प्रदेशको राजजाधी सुहाउँदा होटलहरु नभएकाले मैले यहाँ लगानी लगाएको हु ।’

उनले अत्तरियाक्षेत्रका ग्राहकहरुलाई सेवा गर्ने मौका दिन आग्रह गरे ।