खाेज्नुहाेस

सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्यायो

Image

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । च्यारिटी हेल्थ फाउण्डेसन कैलालीको साझेदारीमा सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

navjiwan hospital

सर्वसाधारणलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गरिएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए । ‘सहकारीको उद्देश्य नाफा आर्जन गर्ने मात्र होइन’ उनले भने, ‘सामाजिक क्षेत्रमा समेत लगानी पनि गर्नुपर्छ । त्यही भावनाले प्रेरित भएर उपचार केन्द्र सञ्चालन गरेका छौं ।

attariya hospital

फाउन्डेसनले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधि, जनशक्तिको व्यवस्थापन गरेको छ । सहकारीले उपचार केन्द्र सञ्चालनका लागि घर भाडा, विद्युत्, खानेपानीको महसुल तिर्ने सम्झौता गरेको छ । वैशाखदेखिनै केन्द्र सञ्चालन गर्ने लक्ष्य लिए पनि कोरोनाको संक्रमण बढेपछि गरिएको लकडाउनका कारण विलम्ब गरी उपचार केन्द्र सञ्चालनमा ल्याएको छ।

उपचार केन्द्रबाट हुने आम्दानीबाट आँखा उपचारमा संलग्न प्राविधिकको तलबलगायतको सुविधा उपलव्ध गराइने व्यवस्था गरिएको छ । बिरामीको चापअनुसार थप जनशक्ति थप्नु परेमा सहकारीले सम्पूर्ण खर्च व्यहोर्ने गरी राख्ने सहकारीका अध्यक्ष भट्टले बताए ।