दार्चुला – बाढीका कारण विग्रिएको एक वर्ष वितिसक्दा पनि डुङुगरी जलविद्युत पावर हाउस मर्मत हुन सकेको छैन । गत वर्ष डुङुगरी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेको उक्त पावर हाउस हालसम्म मर्मत हुन नसकेको हो ।
विद्युत प्राधिकरणले चासो नदेखाउदा विग्रीएको एक वर्ष पुग्दा पनि पावर हाउस मर्मतको काम हुन नसकेको स्थानियहरुले आरोप लगाएका छन ।

दुई सय किलोवाट क्षमताको उक्त पावर हाउसले सदरमुकाम खलंगा र आसपासका क्षेत्रसम्म विद्युतको माग धानेको थियो ।

तर एक वर्षसम्म प्राधिकरणले मर्मत सम्भारमा ध्यान नदिदा पटक पटक सदरमुकामबासीले अन्धकारमा बस्नुपरेको छ । विद्युतकै कारण विद्यार्थीले पढाईबाट वञ्चित हुनुपरेको छ भने व्यापार व्यवसाय ठप्प हुने अवस्था पुगेको छ ।
यता नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख मोहनराज जोशीले भने पावर हाउस भित्रको सफाईको काम सकिएको बताए । ‘सफाई गर्ने काम सकिएको छ । खर्च लागत र सामानको बारेमा प्राधिकरणले स्टमेट तयार पार्ने काम गरिरहेको छ’ उनले भने ।
उक्त पावर हाउसमा झण्डै ८० प्रतिशत क्षति पुगेको अनुमान गरिएको छ । ‘सदरमुकाम खलंगालाई समेत विद्युत धान्न सक्ने अवस्था डुङ्गरीको छैन् । अहिले दैनिक ५ सय किलोवाट विद्युत खपत सदरमुकाम खलंगामा मात्रै भइरहेको छ’ उनले भने ‘त्यो विद्युतबाट २ सय किलोवाट मात्रै उत्पादन हुने हो । तै पनि डिजाईन स्टमेट तयार पार्ने काम भइरहेको बारे मलाई जानकारी आएको छ ।’
उनले सामानको समस्याका कारण पावर हाउस कहिलेसम्म बन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए ।
शिखरको बचाँचमा उत्पादन भएको ३० मेगावट क्षमताको जलविद्युतबाट खलंगामा विद्युत पु¥याइएको हो । लामो दुरी र जनशक्ति थोरै हूँदा सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा पटक पटक विद्युत अवरुद्ध हुने गरेको छ ।

















