अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९३ नमूनाको कोरोना परिक्षण गरिएकोमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ७ जना अस्पतालबाट कोरोना जितेर डिस्चार्ज भएका छन ।

हाल सेतीमा १६ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये एक जना आइसियुमा रहेका छन ।


















