खाेज्नुहाेस

मालाखेती अस्पतालमा हप्ताको एक दिन खोप लगाउन पाईने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा अवदेखी हप्ताको एक दिन गर्भवती महिला तथा बालबालीकाहरुलाई खोप लगाउन पाईने भएको छ ।

नगरपालिकाको वडा नं. ३ मा रहेको मालाखेती अस्पतालमा अवदेखी हप्ताको एक दिन खोप लगाउन पाईने भएको हो । यसअघि सुत्केरी महिला तथा बालबालीकाहरुलाई विभिन्न किसीमका खोप लगाउनलाई महिनौ कुर्नुपर्ने बाध्यता थियो ।

attariya hospital

नगबासीको उक्त बाध्यतालाई मध्यनजर गरी मालाखेती अस्पतालमा नगरपालिकाले संस्थागत खोप सेवा सञ्चालनमा ल्याएको नगरप्रमुख हरि सिँ साउँदले बताए ।

navjiwan hospital

उनले उक्त खोप सेवा अन्र्तगत बालबालीकाहरुलाई प्रत्येक हप्ताको सोमबार खोप लगाउने व्यवस्था मिलाईएको बताए । उनले अस्पतालमा प्रत्येक हप्ता खोप लागईने हुँदा गर्भवती महिला र बालबालिबाहरुलाई सहज हुने विश्वास लिएको बताए ।

यसका साथै उनले मालाखेती अस्पताललाई थप व्यवस्थित बनाउन आफु निरन्तर लागि परेको बताए । अस्पतालमा बिभिन्न खालका औषधी सहज रुपमा उपलब्ध गराउनुका साथै सेवागा्रहीका माग अनुसारका सेवाहरु उपलब्ध गराउन नगरपालिका कटिबद्ध रहेको नगरप्रमुख साउँदले बताए ।

अस्पतालमा सञ्चालन गरिएको संस्थागत खोप सेवाले नागरिकको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पदमप्रकाश देव शर्माले बताए ।

उनले नगरपालिकाले गरेको कार्यप्रती खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि नगरपालिकाबाट अस्पतालमा यस्तै सकारात्मक कार्यहरुको अपेक्षा लिएको बताए । खोप कार्यक्रमको उद्घाटन नगरप्रमुख साउँदले गरेका थिए ।