बैतडी – बैतडीको सुर्नया गाउँपालिकाको कृषि शाखाले ‘बर्थ डे फरेष्टी’ अभियान सुरु गरेको छ । जन्मदिनको अवसरमा बृक्षारोपण गर्न उक्त अभियान सुरु गरिएको हो ।

जसअन्तगत अभियानको पहिलो दिन आईतबार गाउँपालिकाका कृषि साखा प्रमुख नरेश बिष्टको जन्मदिनको अवसरमा २ सय बिरुवा रोपेका छन ।

कृषि शाखा प्रमुख बिष्टले अभियान अन्तरगत गाउँपालिका परिसरमा बिभिन्न फलफुल तथा सौन्दर्यबद्र्धक बोट बिरुवा रोपण गरिएको बताए । उक्त अभियान बर्षभरी नै सञ्चालन गरिने जनाईएको छ ।














