खाेज्नुहाेस

सेतीमा उपचाररत २ संक्रमितले कोरोना जिते

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना संक्रमितले कोरोना जितेका छन । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचारर २ जनाले कोरोना जितेको अस्पतालले जनाएको छ ।

navjiwan hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठद्धारा जारी नियमित कोरोना अपडेट अनुसार हाल २१ जना कोरोना संक्रमित अस्पतालमा उपचाररत रहेका छन । जसमध्ये २ जनाको आइसियुमा उपचार भइरहेको छ । सेतीमा पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना परिक्षण नभएको अस्पतालले जनाएको छ ।

attariya hospital

हालसम्म सेती अस्पतालमा १ लाख ८ हजार ८५ जनाको कोरोना परिक्षण भएकोमा १९ हजार २ सय ३९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना संक्रमितका लागि १ सय ३५ वेड रहेको अस्पतालमा हालसम्म १ हजार ३ सय २८ जनाको उपचार गरिएको छ । जसमध्ये १ हजार १ सय २५ जनाले कोरोना जितेका छन भने १ सय ८२ जनाले उपचारका क्रममा ज्यान गुमाएका छन ।