खाेज्नुहाेस

बैतडीमा भैंसी वितरण कार्यक्रम विवादित बन्यो

Image

बैतडी – बैतडीको पाटन नगरपालिकामा मध्यपहाडी लोकमार्ग दुुग्ध विकास कार्यक्रम अन्तर्गत किसानलाई उन्नत जातका भैंसी वितरण गर्ने कार्यक्रम विवादित बनेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मातहतको भेटेनरी तथा पशुु सेवा विज्ञ केन्द्र र पाटन नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको कार्यक्रममा प्रचलित मूूल्य भन्दा धेरै बढीमा भैंसी खरिद गर्न लागिएपछि विवाद भएको हो ।

attariya hospital

नगरपालिका र भेटेनरी तथा पशुु सेवा विज्ञ केन्द्रले आत्म विकास सहकारी संस्थासँग ४३ लाखमा दुुईवटा राँगासहित ५० भैंसी खरिद गर्ने सम्झौता गरेको थियो । सहकारीले भारतबाट खरिद गरेर ल्याएका २३ भैंसी र एउटा राँगो नगरपालिकाले शुुक्रबार वडा नम्बर २ र ९ का किसानलाई वितरण गरेपछि सरकारी बजेटको दुुरुपयोग गर्न चर्को मूूल्य तिरेको देखाएर भैँसीका पाडापाडी वितरण गरेको भन्दै विरोध भएको छ ।

नगर प्रमुख केशबबहादुर चन्दले किसानलाई वितरण गर्दै गरेका भैंसीको फोटो सामाजिक सञ्जाल फेसबुुकमा शेयर गरेर ‘७० हजारमा खरिद गरिएको भैंसी’ लेख्दै आलोचना भइरहेको छ । शत प्रतिशत अनुदानमा मुर्रा जातको भैंसी पाएका किसानहरुले समेत चर्को मूूल्य हालेर उन्नत जातको भन्दै भर्खरका पाडापाडी वितरण गरेको भन्दै असन्तुुष्टि प्रकट गरेका छन् ।

navjiwan hospital

अनुदानमा भैंसी पाएका पाटन नगरपालिका–२ का किसान सिद्धराज पाण्डेले नगरपालिकाले करिब ७० हजार रुपैयाँ खर्चेर वितरण गरेको भैंसी चित्तबुझ्दो नभएको बताए ।

तर पाटन नगरपालिकाले भने आत्म विकास सहकारी संस्थासँग भैंसी खरिदको ठेक्का भएपनि बजेट भुक्तानी नदिएको जनाएको छ । नगर प्रमुख केशबबहादुर चन्दले आफूहरुको उद्देश्य गलत नरहेको बताए ।

भेटेनरी तथा पशुु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुनामीदत्त पन्तले नगरपालिकाका वडा नम्बर २, ८, ९ र १० का ५० किसानलाई वितरण गर्ने योजनाअनुसार सहकारीसँग सम्झौता गरेर भैंसी वितरणको काम भइरहेको बताए ।

उनले अहिले वितरण गरिरहेको भैंसी शारीरिक वनावटका आधारमा स्थानीय जातको भन्दा सानो भएपनि नश्ल सुधार गरिएको भएकाले दैनिक कम्तीमा १० लिटरसम्म दुुध दिने बताए ।

ारीरिक बनावट हेरेर भैंसी वितरणको विषयलाई विवादित बनाइएपनि दीर्घकालीन रुपमा दुुध उत्पादनमा महत्वपूर्ण भएकाले शंका नगर्न उनको आग्रह छ । पन्तले अहिले नै सहकारी संस्थालाई भुुक्तानी दिइनसके पनि भारतबाट आयात गरिएका कारण ढुवानी लगायतको खर्च समेत जोड्दा प्रति भैंसीको मूूल्य औसतमा ६५ देखि ७० हजारसम्म पर्न जाने देखिएको जनाएका छन् ।

मध्यपहाडी लोकमार्ग दुुग्ध विकास कार्यक्रम नाम दिइएको उक्त कार्यक्रमका लागि पाटन नगरपालिकाले २१ लाख ८० हजार र पशुु सेवा विज्ञ केन्द्रले २२ लाख बजेट विनियोजन गरेका छन् ।