अत्तरिया – लागुऔषध सहित कैलालीको गौरीगंगाबाट एक युवक पक्राउ परेका छन । गौरीगंगा नगरपालिका–४ बस्ने २१ वर्षीय अर्जुन साँउद ११० मिलीग्राम लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका हुन ।

शुक्रबार राति सोही वडाको राजिपुरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीमाथि लागुऔषध (खैरो हिरोईन) शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


















