खाेज्नुहाेस

काठमाडौं–अत्तरीया–मार्तडी रुटमा सबैभन्दा धेरै ५७६ रुपैयाँ भाडा बढ्यो

Image

धनगढी – सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको छ । सार्वजनिक भएको सूचीअनुसार काठमाडौं–अत्तरीया–मार्तडी रुटमा सबैभन्दा धेरै ५७६ रुपैयाँ भाडा बढेको छ । यसअघि २ हजार १७ रुपैयाँ रहेको यस रुटको भाडा बढेर २ हजार ५ सय ८२ पुगेको हो ।

यस्तै काठमाण्डौं – धनगढी – साफेबगरको भाडा पनि १ हजार ८ सय ७३ बाट बढेर २ हजार ३ सय ५० पुगेको छ ।काठमाण्डौं महेन्द्रनगरको भाडा १ हजार ३ सय ३२ बाट बढेर १ हजार ६ सय ७१ पुगेको छ ।

attariya hospital
navjiwan hospital

यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो ।

यस्तो छ देशभर बढेको भाडादर