खाेज्नुहाेस

अदालतको फैसलाविरुद्ध एमालेले देशैभर विरोध गर्ने

Image

काठमाडौं – एमालेले जनताद्वारा निर्वाचित सरकारलाई अदालतले अस्वीकार गर्दै प्रधानमन्त्री तोकेको भन्दै आपत्ति जनाएको छ ।
स्थायी कमिटीको बैठकपछि बानेश्वरमा बसेको संसदीय दलको बैठकले दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने नगरेको भन्दै नेपालमा जनमत कुल्चने काम अदालतको गरेको आरोप लगाएको हो ।

navjiwan hospital

बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले अदालतले प्रधानमन्त्री तोकेको विषयमा देशव्यापी भण्डाफोरमा उत्रिने निर्णय पार्टीले गरेको जानकारी दिए ।

attariya hospital

‘संसारमा आजसम्म अदालतबाट प्रधानमन्त्री तोक्ने काम भएको छैन । तर हाम्रोमा जनमतलाई कुल्चदै यस्तो फैसला सुनाइयो । संसद् विघटन बेठिक हो भनेर पुनस्स्थापना गरेको भए मात्रै पनि हामी मान्थ्यौं’ बैठकपछि भट्टराईले संचारकर्मीसँग भने, ‘एउटा दलबाट निर्वाचित हुने तर अर्को दलमा हस्ताक्षर गर्ने र प्रधानमन्त्री बनाउने जानुलाई नैतिकता ठहराउने काम संसदीय व्यवस्था विराधी हो । त्यसैले संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षाका लागि हामीले देशैभर भण्डाफोर अभियान चलाउने निर्णय गरेका हौं ।’