
कञ्चनपुर – भारतको देहरादुनबाट उद्धार गरी ल्याइएका दुई महिलालाई आफन्तको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दार्चुलाकी १९ वर्षीया र कञ्चनपुरकी ३५ वर्षीया महिलालाई बिहीवार आफन्तको जिम्मा लगाइएको हो ।
भारतको राजकीय नारी निकेतन देहरादुन र शान्ति पुनर्स्थापन गृहको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनीहरुका आफन्तलाई बोलाइ जिम्मा लगाइएको छ ।
















