खाेज्नुहाेस

कैलालीको भजनी नगरपालिकामा लगाएको ताला नखुल्दा नगर सभा प्रभावित

Image

भजनी – कैलालीको भजनी नगरपालिकामा लगाईएको ताला नखुल्दा नगर सभा प्रभावित भएको छ ।

सोमबार नगरपालिकाकी उपप्रमुख छाया देवकोटाको नेतृत्वका नगरपालिकामा लगाएको ताला नखुल्दा नगर सभा प्रभावित बनेको हो ।

attariya hospital
navjiwan hospital

नगरपालिकाले योजना तर्जुमा नै नगरी बजेट तयार गरी नगरसभा आयोजना गरेको भन्दै उपप्रमुख देवकोटा सहित वडा नम्बर १ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले सोमबार बिहान नगरपालिकामा तालाबन्दी गरेका थिए ।

नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि सोमबार नगर सभा आयोजना हुन सकेन । वार्ता टोली निर्माण गर्ने विषयमा सहमति नभएपछि नगरपालिकामा लगाइएको ताला सोमबार नखुलेको हो ।

सोमबार लगाईएको ताला मंगलबार पनि नखुल्दा नगर सभा प्रभावित बनेको नगरपालिकाले जनाएको छ ।