अत्तरिया – सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ । सोमबार सर्वोच्च अदालतले गरेको संसद् पुनःस्थापना र कांग्रेस सभापति सेर बहादुर देउवालाई असार २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न जारी गरिएको परमादेशको खुसीयालिमा अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको हो ।



नेपाल तरुण दल गोदावरी नगर कार्यसमिति र नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ४ को आयोजनामा गरिएको दिप प्रज्वलन कार्यक्रममा यस क्षेत्रका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।नेपाल तरुण दल गोदावरी नगर कार्यसमिति सभापति शंकर खड्काको सभापतित्वमा भएको दीप प्रज्वलन कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति गणेश शाहले गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले हातहातमा दीप लिएर अत्तरिया चोकको चारैतिर जलाएका थिए । सोमबार सर्वोच्चले गरेको फैसलामा प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै साउन ३ गते साँझ ५ बजेभित्र संसद् बैठक बोलाउन आदेश दिएको छ ।



















