अछाम – अछामबाट १२ जना जुवाडे पक्राउ परेका छन । शनिबार राती मंगलसेन बजारबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १ लाख नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरुको विवरण सार्वजनि गरेको छैन ।

















