खाेज्नुहाेस

कृष्णपुर – ४ मालुबेलामा व्यवसायीक फलफुल रोप्ने कार्य सुरु

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मालुबेलामा रहेको नमुना सामुदायीक बनमा व्यवासायीक फलफुलका बोटहरु रोप्ने कार्य सुरु गरिएको छ ।

फलफुल विकाश कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा सामुदायीक बनसँग सहकार्य गरी नगरपालिकाले व्यवसायीक वर्षे फलफुलका विरुवाहरु रोप्ने कार्य सुरु गरेको हो ।

attariya hospital

आईतबार नगरप्रमुख कर्ण बहादुर हमालले उक्त सामुदायीक बनको करिब २ विघा क्षेत्रफलमा व्यवसायीक फलफुल रोप्ने कार्यको थालनी गरेका हुन ।

पर्यापर्यटन प्रर्वद्धनका लागी नगरपालिकाले उक्त सामुदायीक वनको करिब १० हेक्टर क्षेत्रफलमा कार्य थालनीका लागी गुरुयोजना तयार गर्नुका साथै प्रारम्भीक वातावरणीय परिक्षण समेत तयार गरिसकेको थियो ।

navjiwan hospital

सोही बमोजिम आईतबार उक्त सामुदायीक बनमा करिब ७ सय वटा सुन कागतीका विरुवाहरु रोप्ने कार्यको थालनी गरिएको नगरप्रमुख हमालले बताए ।

उनले उक्त सामुदायीक बन आसपासका क्षेत्रका लक्षित वर्ग र विपन्न वर्गका लागी रोजगारी सृजना गरी आयआर्जनमा बृद्धि गर्न नगरपालिकाले कार्यक्रम ल्याएको बताए ।

नगरपालिकाले तयार पारेको गुरुयोजना अनुसार उक्त क्षेत्रमा बाटो, पोखरी तथा घेरबार निर्माण गरिसकेको बताउदै उनले पोखरीलाई विस्तार गरि डुङ्गा चलाईने, स्विमिङ पुल तथा पार्क निर्माण लगायतका कार्यहरु गर्न बाँकी रहेको बताए ।

उक्त क्षेत्रलाई आन्तरिक एवम् बाह्य पर्यटकहरुको गन्तव्य स्थलका रुपमा विकाश गरी त्यहाँका बासिन्दाको आयआर्जन वृद्धि गर्ने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख हमालले बताए । गुरुयोजनालाई मुर्त रुप दिन नगरपालिकाको मात्रै नभई वडा कार्यालय र डिभिजन बन कार्यालयको पनि सहयोग रहेको उनले बताए ।

यसका साथै सोही पर्यापर्यटनको कार्यक्रममा वडा नं. ४ मै रहेको ग्वासी समैजी धार्मिक क्षेत्रलाई पनि जोड्न नगरपालिकाले कार्य थालिरहेको नगरप्रमुख हमालले बताए ।

विरुवा रोप्ने कार्यक्रममा वडाध्यक्ष तेज बहादुर रावल, साविक कृष्णपुर गाविसका पुर्व अध्यक्ष जयराज पाण्डेय, ग्वासी समैजीका मुल पुजारी विश्वेश्वर भट्ट लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।