काठमाडौं – नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट संरक्षित रेडपाण्डाको छाला एक थान र चारवटा भालुको पित्त सहित तीनजना पक्राउ परेका छन् । उनीहरुलाई स्थित राप्ती गेष्ट हाउसबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका–४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका–१ का २९ वर्षीय रोबिन बुढा रहेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

















