काठमाण्डौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो खोप लगाएको जनाएको छ । यसमध्ये ४ लाख ६ हजार ३६ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छन् । त्यस्तै, भेरोसेल खोपको पहिलो मात्रा लगाएका सात लाख ८७ हजार ३२३ मध्ये ४७ लाख ३१ हजार १३४ जनाले दोस्रो मात्रा पाएका छन् ।
यस्तो छ, प्रदेशगत खोप लगाउनेको संख्या

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ३ लाख ७१ हजार ८६ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । पहिलो मात्रा खोप लगाएकामध्ये ५२ हजार ८५५ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । २ लाख ५४ हजार ३३१ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
प्रदेश २ मा ३ लाख २० हजार ५३२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएकामध्ये ४६ हजार १५८ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । साथै, २ लाख ७४ हजार ३७४ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
बागमती प्रदेशमा ४ लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् । यसमा १ लाख ६० हजार ४९५ जनाले दोस्रो मात्रा लगाएका छन् भने २ लाख ६० हजार ९८७ जनाले दोस्रो मात्रा लगाएका छैनन् ।
गण्डकी प्रदेशमा १ लाख ८७ हजार ९७४ जनाले पहिलो मात्रा लगाएका छन् भने ४९ हजार ६११ जनाले मात्रै कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् । १ लाख ३८ हजार ३६३ जनाले दोस्रो मात्रा लगाएका छैनन् ।
मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा २ लाख ७८ हजार ४७६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएकामध्ये ८४ हजार १६३ जनाले मात्र दोस्रो मात्रा पाएका छन् । त्यस्तै, १ लाख ९४ हजार ३१३ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

कर्णाली प्रदेशमा १ लाख ७३ सय २८ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् । यसमा २८ हजार ८४८ जनाले मात्रै दोस्रो मात्रा लगाउन पाएका छन् । ७८ हजार ४८० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
सुदूरपश्चिम प्रदेशमा २ लाख ५५ हजार ६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएकामध्ये ३७ हजार ९०६ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । १ लाख ६७ हजार ६ सय जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ७० हजार २६३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएकामध्ये १९ हजार ४५४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । यसमध्ये ५० हजार ८०९ जनाले दोस्रो मात्रा लगाउन बाँकी छ ।
प्रदेश २ मा ७२ हजार ९८५ जनाले पहिलो मात्रा लगाएका छन् । त्यसमध्ये ६ हजार ९८४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् भने ६६ हजार १ जनाले दोस्रो मात्रा पाएका छैनन् ।
बागमती प्रदेशमा ४ लाख ७० हजार ६०४ जनाले पहिलो मात्रा लगाएका छन् । यसमध्ये ३ लाख ८५ हजार ३०५ जनाले दोस्रो मात्रा लगाएका छन् भने ८५ हजार २९९ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी छ ।
त्यस्तै, गण्डकी प्रदेशमा ३१ हजार ९० जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । यसमा ६४ सय १ जनाले मात्रै दोस्रो मात्रा लगाएका छन् भने २४ हजार ६८९ जना दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
लुम्बिनी प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका ७३ हजार ८८४ मध्ये ३४ हजार ४६४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । ३९ हजार ४२० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
कर्णाली प्रशेमा २३ हजार ९ जनाले भेरोसेल खोपका पहिलो मात्रा लगाएका छन् । यसमध्ये २ हजार ३६ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । बाँकी २० हजार ९७३ जनाले दोस्रो मात्रा पाएका छैनन् ।
सुदूरपश्चिम प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका ४१ हजार ४८८ मध्ये १८ हजार ४९० जनाले मात्र दोस्रो मात्रा लिन पाएका छन् । बाँकी २२ हजार ९९८ जना दोस्रो दोस्रो मात्रा लगाउन वञ्चित छन् ।



















