खाेज्नुहाेस

अत्तरियामा रहेका बैंकका कर्मचारीहरूद्वारा सामाजिक सुरक्षा योजनाको विरोध

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेका बैंकका कर्मचारीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको विरोध गरेका छन । सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना निजी बैकहरूमा कार्यरत कर्मचारीहरूका लागि विभेदपूर्ण भएको भन्दै विरोध जनाएका हुन ।

बैकर्स क्लब अत्तरियाले आयोजना गरेको विरोध कार्यक्रममा अत्तरिया क्षेत्रमा बिभिन्न बैंकका कर्मचारीहरू सहभागि थिए ।
उनीहरूले अत्तरिया चोकका सांकेतिक विरोध स्वरुप हातमा कालो ब्यानर बोकेर विरोध जनाएका थिए ।

attariya hospital

बैकर्स क्लब अत्तरियाका अध्यक्ष प्रकाश चन्द्र भट्टले निजी बैकहरूमा कार्यरत कर्मचारीहरूले पाउदै आएको सेवा सुविधा समेत कटौती हुने भएकाले अहिलेकै अवस्थामा सामाजिक सुरक्षा योजनामा जान नसकिने बताए । उनले बैकंकै कर्मचारीहरू बिचमा पनि विभेद भएको बताए ।

navjiwan hospital

उनले भने ‘बैंक कर्मचारीहरू बीचमै पनि विभेद भएको छ, सरकारी बैंकका कर्मचारीहरूलाई एक खालको र हामी निजी बैंकका कर्मचारीहरूलाई अर्कै खालको नियम लादिएको छ ।’ उनले सामाजिक सुरक्षा योजना वाध्यकारी नभएर स्वेच्छिक हुनुपर्ने बताए ।

विरोध कार्यक्रममा बैंकका कर्मचारीहरुले सामाजिक सुरक्षा कोष ऐन तथा कार्यविधिका बुदाहरु एक आपसमा बाझिएकोले कर्मचारीले दुःख ले जम्मा गरेको पैसा भोलीका दिनमा असुरक्षित हुने देखिएकोले विरोध गर्नुपरेको बताएका थिए ।

सरकारले गत आर्थिक वर्षको बजेट वक्तव्य मार्फत सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने घोषणा गरेको छ । सोही व्यवस्थालाई आधार बनाएर कोषले मंगलबार बैंकर्स संघलाई पत्र काटेर कोषमा दर्ता हुन आउन आग्रह गरेको हो ।

कर्मचारिले खाइपाई आएको सेवा सुबिधा समेत घट्नेगरि ल्याइएको सामाजिक सुरक्षा कोषमा जबर्जस्ती लैजान खोजेको भन्दै गत आइतबार सर्बोच्च अदालतमा मुद्दा पनि परेको छ ।