खाेज्नुहाेस

कोरोना प्रभावित कैलालीका ४ सय बढी परिवारलाई खाद्यान्न सहयोग

Image

भिम विक/टीकापुर – विश्वमा महामारीका रुपमा फैलिरहेको कोभिड १९ प्रभावित तथा संकटासन्न परिवारलाई बिहिबार खाद्यान्न वितरण गरिएको छ । टीकापुर नगरपालिकाका वडा नम्बर ६, ७, ८ र ९ का २ सय ३१ घरधुरी र भजनी नगरपालिकाका वडा नम्बर १, २ र ५ का १ सय ६८ घरधुरी गरी जम्मा ४ सय ६ घर परिवारलाई खाद्यान्न वितरण गरिएको बाल कल्याण संघ टीकापुरका अध्यक्ष धन बहादुर विकले जानकारी दिए ।

navjiwan hospital

बाल कल्याण संघ टिकापुर र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारिमा संचालित एकीकृत संरक्षण तथा सामुदायिक सहभागीता परियोजना अन्तर्गत सो खाद्यान्न सामाग्री वितरण गरिएको बाल कल्याण संघका अध्यक्ष विकले बताए ।

attariya hospital

ति परिवारलाई प्रति परिवार चामल सामामन्सुली ३० किलो, दाल ३ किलो, चिनी २ किलो, तेल २ लिटर, हात धुने साबुन ४ वटा र आयोडिन नुन २ पाकेट गरि प्रत्येक प्रतिव्यक्ति ३ हजार ३१ रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको बाल कल्याण संघका कार्यक्रम अधिकृत सुगम रेग्मीले जानकारी दिए ।

वल्र्ड भिजन इन्टरनेशनल र बाल कल्याण संघको साझेदारीमा यस अघिपनि विपन्न तथा जोखिममा रहेका परिवारलाई खाद्यान्न वितरण गरेको थियो भने विद्यालय, तथा अन्य सार्वजनिक स्थलमा हातधुने सामाग्री सहयोग गर्दै आएको छ ।