धनगढी – नेपाली काँग्रेसको जिल्ला अधिवेशनका लागि सुदूरपश्चिमका ९ जिल्लामा सभापतिका लागि दौडधुप सुरु भएको छ ।
साउन २६ गते हुने जिल्ला अधिवेसनका लागि सबै जिल्लामा सभापतिका आकांक्षीहरु अहिले नेतृत्वमा आउन दैडधुपमा छन ।
सभापतिका लागि सबैजसो जिल्लाहरुमा २ भन्दा बढी नेताको नाम चर्चामा आएको छ ।
प्रदेशमा जनसंख्याको हिसावले सबैभन्दा ठूलो जिल्ला कैलालीमा सभापतिका लागि ८ जना आकांक्षीको नाम चर्चामा छ । जसमा प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवा रहेका छन ।

त्यस्तै कञ्चनपुरमा पनि जिल्लामा वर्तमान सभापति हरि बोहोरा, गत अधिवेशनमा बोहोरासँग पराजित पदम बोगटी, गोपाल गुरुङ, नेता बहादुरसिंह थापा लगायतको नाम चर्चामा छ ।
सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भएको छ । शेरबहादुर देउवाले परशुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेको चर्चा छ भने नवलबहादुर मल्ल, वर्तमान उप–सभापति करुणकर भट्ट लगायतको नाम चर्चामा छ ।

बाजुरामा नेताहरू मनबहादुर रावल, रामसिंह रावल, प्रेमबहादुर शाही र वर्तमान सभापति कविराज पण्डित जिल्ला सभापतिमा भिड्ने तयारीमा छन् ।
बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने पूर्वसभापति शिवराज भट्ट, उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लविङमा छन् ।
अछाममा वर्तमान सभापति भरतकुमार स्वार, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, गत अधिवेशनमा पराजित गणेशबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम चर्चामा छ ।
डोटीमा वर्तमान सभापति प्रदीप देउवा, शिखर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरू रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडूको नाम चर्चामा छ ।
बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्व उप–सभापति देवराज शर्मा, जगत जोशी, खडगबहादुर बोहोरा र रमेश भण्डारीको नाम चर्चामा छ ।
पौडेल पक्षीय नेता दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहोरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपसभापति अमर धामी, सचिव हर्क विष्टलगायतका नेताहरूको नाम जिल्ला सभापतिका लागि चर्चामा छ ।

















