बैतडी – बैतडीमा अनसनरत लेन्थवर्करहरुको समस्या सामाधानका लागि समिति गठन गरिएको छ । २१ महिना देखि तलब नपाएको भन्दै अनसनमा बसेका उनीहरुको माग सम्बोधन गर्न जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द र मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकलाई सदस्यमा राखिएको छ ।

समितिले लेन्थवर्करहरुका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने समितिका सदस्य एवं पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । लेन्थवर्करहरुको समस्या समाधानका लागि प्रदेश सरकारले चासो लिनुपर्नेमा उनले जोड दिए ।


















