खाेज्नुहाेस

कहिले हुन्छ अत्तरिया चोक कालोपत्रे ?

Image

अत्तरिया – लामो समयदेखि अस्तव्यस्त बनेको अत्तरिया चोक मर्मतको काम हाल जारी रहेको छ । कालोपत्रे फुटेर हिलाम्मे र धुलाम्मे हुने चोक मर्मतको काम अहिले पनि जारी रहेको छ ।

चोकमा अहिले सब बेस र बेस राख्ने काम सकिएको छ । मोहना अत्तरिया ६ लेन सडक निर्माण पछि गहिरो बनेको अत्तरिया चोकमा सब बेस र बेसको काम गरिएपछि चोकको उचाई बढेको छ । जसले गर्दा अहिले चोकमा पानी जम्मा हुने समस्या टरेको छ ।

attariya hospital

चालु आर्थिक बर्ष भित्रमै काम सक्ने भनिएपनि कालोपत्रेको काम भने अझै सुरु हुन सकेको छैन । जसले गर्दा अझै पनि चोक हिलाम्मे र धुलाम्मे हुने गरेको छ ।

उता सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले चोक मर्मतको काम चालु आर्थिक बर्ष भित्रमा नै सकिने दाबी गरे । उनले अत्तरिया चोकमा असार २३ गते पहिलो लेयरको कालोपत्रे गरिने बताए ।

‘दुई लेयरमा कालोपत्रेको काम हुन्छ । ६ लेन सडक जस्तै पहिले डिबिएम गरिनेछ । त्यसपछि माथि ५ सेन्टिमिटरको असफाल्ट गरिने छ’ उनले भने ‘पुरै कालोपत्रे १० सेन्टिमिटरको हुनेछ ।’ उनले डिबिएमको काम एक दिनमै सकिने बताए ।

navjiwan hospital

मौसमले साथ दिएमा कालोपत्रेको सम्पूर्ण काम यसै आर्थिक बर्ष भित्र सकिने इन्जिनियर जोशीले बताए ।

चोक मर्मतका लागि भुवन निर्माण सेवा प्राली धनगढीले ९० लाखमा ठेक्का सम्झौता गरेको छ । चोकमा कालोपत्रे गरिएपनि चोकको नालीको काम भने आगामी आर्थिक वर्षमा गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

अत्तरिया चोक मर्मत संग सम्बन्धित समाचार

नाली नबनाई अत्तरिया चोकमा कालोपत्रे गर्ने तयारी 

बैसाख देखि अत्तरिया चोक मर्मतको काम सुरु गरिने

सुरु भयो अत्तरिया चोक मर्मतको काम

यसरी हुँदैछ अत्तरिया चोक मर्मतको काम (फोटोफिचर)

असारे विकासको नमूना बन्यो अत्तरिया चोक