धनगढी – कार दुर्घटनामा परि घाईते भएका धनगढीका व्यवसायी बसन्त जोशी (भुन्टु) का मृत्यु भएको हो । धनगढीमा रहेको फिस रिसोर्टका सञ्चालक जोशीको उपचारका क्रममा काठमाण्डौंमा मृत्यु भएको हो ।

गत जेठ १४ गते काठमाण्डौँबाट धनगढी फर्किने क्रममा उनी बुटवलमा कार दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।

जोशीको काठमाण्डौँ स्थित अलका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनी संगै रहेका डम्मर कार्कीले बताए ।

















