धनगढी – कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका २ लाख ८९ हजार ८ सय ५२ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सुर्ती, गुट्खा, बिँडी, पटाका तथा किरानालगायतका सामान फेला पारेको हो।

प्रहरीले बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।



















