खाेज्नुहाेस

कैलाली र बझाङबाट चोरी र बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया –  अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा कैलाली र बझाङबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।

navjiwan hospital

कैलालीमा चोरी मुद्दामा ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१३ निवासी २० वर्षीय सलमान खान पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो।

attariya hospital

त्यस्तै, बझाङमा बहुविवाहसम्बन्धी कसुरमा १ वर्ष ५ महिना ६ दिन कैद र १५ हजार ६ सय रुपैयाँ क्षतिपूर्ति तोकिएका तलकोट गाउँपालिका–१ निवासी २९ वर्षीय बिजय धमेनालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ।