धनगढी – कैलालीको धनगढीमा विङ्गर अनियन्त्रित भएर दुई पसलमा ठोक्किँदा एक जना घाइते भएका छन् । सोमबार बिहान धनगढी उपमहानगरपालिका–४ बोराडाँडीस्थित ६ लेन सडकखण्डमा विङ्गर अनियन्त्रित भएर किराना पसल र सोभा सुज एण्ड त्रिपाल पसलमा ठेक्किएको हो ।

सुपप्र ०१–००१ ज १४४३ नम्बरको विङ्गर दुर्घटनामा सोभा सुज एण्ड त्रिपाल पसल सञ्चालक ४९ वर्षीय रमेश हिताङ घाइते भएका छन् । उनको धनगढीस्थित मायामेट्रो अस्पताल उपचार भइरहेको छ ।

दुर्घटनाबाट शिवबहादुर बमले सञ्चालन गरेको किराना पसल र रमेश हिताङले सञ्चालन गरेको सुज एण्ड त्रिपाल पसलमा क्षति पुगेको छ । प्रहरीले चालक राजु चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।





















