खाेज्नुहाेस

डोटीमा विधान विपरीत कांग्रेस अधिवेशन गरिएको भन्दै केन्द्रमा उजुरी

Image

डोटी – डोटीमा विधानविपरीत अलोकतान्त्रिक ढंगले कांग्रेस अधिवेशन सम्पन्न गरिएको भन्दै पार्टी केन्द्रमा उजुरी परेको छ ।

महाधिवेशन प्रतिनिधिका उम्मेदवार धर्म फुलाराले पार्टी केन्द्रीय कार्यालय र निर्वाचन समितिमा उजुरी हालेका हुन् । उनको उजुरी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ ।

attariya hospital

उजुरीमा जिल्लाका एक हजार ५६० जना क्षेत्रीय प्रतिनिधिमध्ये ३३ जनाबाहेक ९८ प्रतिशत क्षेत्रीय प्रतिनिधि अधिवेशनमा प्रतिनिधि छनोटको प्रक्रियाप्रति असमत रहेको दाबी गरिएको छ ।

navjiwan hospital

केन्द्रीय सदस्य र जिल्ला कार्यवाहक सभापतिको उपस्थितिमा सीमित व्यक्तिहरू बसेर जिल्ला तह र प्रतिनिधिहरूका आफूखुसी नाम तयार गरेको र रातारात जिल्ला बाहिर पुगेर नाम पठाउने काम गरेको उजुरीमा आरोप लगाइएको छ ।

‘यसरी सम्बन्धित क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता, सहमति र पारदर्शी निर्वाचन प्रक्रियाबिना बन्द कोठाभित्र तयार पारिएको नामावलीलाई नै निर्वाचन तथा छनोटको आधार बनाएको विषयप्रति हाम्रो गम्भीर आपत्ति प्रकट गर्दछौं,’ उजुरीमा भनिएको छ ।

यस्तै, उजुरीमा सबै क्षेत्रीय प्रतिनिधिको सहभागितामा फेरि अधिवेशन सञ्चालनको माग गरिएको छ ।