खाेज्नुहाेस

उखु किसान कञ्चनपुरको पुरानै समिती दोहरियो 

Image

बेलौरी – उखु उत्पादक किसान हकहित संरक्षण समिति कञ्चनपुरको पुरानै कार्यसमिति दोहरिएको छ । शुक्रवार समितिको वार्षिक साधारणसभाबाट अघिल्लो कार्यसमितिनै दोहरिएको हो ।

साधारणसभाको बन्द सत्रमा अध्यक्ष हरि चन्द ठकुरीले पुरानै समिती निरन्तरता दिने प्रस्ताव राखेपछि उपस्थित किसानहरुले  ताली बजाएर सर्वसम्मत तवरले पुरानै कार्यसमिति दोहरिएको थियो । 

attariya hospital
navjiwan hospital

कार्यसमितिको अध्यक्षमा हरि चन्द ठकुरी, उपाध्यक्षमा अर्जुन सिंह, सचीवमा रामकृष्ण राना र कोषाध्यक्षमा चेतन कुमार राई रहेका छन । त्यस्तै सद्स्यमा करम सिंह राना, रामलाल चौधरी, दयाराम चौधरी, शेर बहादुर शाही, झुप बहादुर शाही, हिरालाल चौधरी, कृष्ण चौधरी र लक्ष्मी चन्द रहेका छन । बेलडाडीबाट महिला सदस्य भने पछि चुनिने छ । 

शुक्रवार सुरु भएको साधारणसभामा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी,उपप्रमुख जोगराम चौधरी सहित जनप्रतिनिधि,उद्योग वाणिज्य संघ बेलौरीका अध्यक्ष प्रकाश राज पन्त सहित किसानहरुको उपस्थिति रहेको थियो । 

साधारणसभाको खुला सत्रमा बोल्दै वक्ताहरुले उखु किसानहरुले समयमा मल नपाइरहेको, सडक, उखुको समर्थन मुल्य अनुदान लगायत विभिन्न विषयमा बोलेका थिए । सबैले बेलौरी र पुर्नवास अवस्थित चिनिमिलबाट हजारौ उखु किसान लाभान्वित भन्दै किसानहरुका समस्या समाधानका लागि  उखु उत्पादक किसान हकहित संरक्षण समितिले बेला बेला गर्ने पहलको प्रशङ्सा समेत गरेका थिए ।