खाेज्नुहाेस

बझाङका धर्म खड्काको भारतको केदारनाथमा ढुंगा लागेर मृत्यु

Image

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका–१ कैलाशका ३६ वर्षीय धर्म खड्काको भारतको केदारनाथमा माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ ।

navjiwan hospital

शनिबार साँझ डोली बोकेर गौरीकुण्डबाट केदारनाथ मन्दिरतर्फ हिँडिरहेका बेला गौरीकुण्ड नजिक बाटोमाथिबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको उनको साथमा रहेका आफन्त सुरेशबहादुर सिंहले जानकारी दिएका छन ।

attariya hospital

आर्थिक अवस्था निकै कमजोर रहेका मृतक खड्काको घरमा वृद्ध आमा, पत्नी तथा चार महिनाको छोरा छन् । परिवारको मुख्य सहारा रहेका धर्मको मृत्यु भएपछि उनीहरूको विचल्ली भएको छ ।

रकम अभावका कारण भारतबाट उनको शव नेपाल ल्याउनसमेत समस्या भएको उनका भाइ नाता पर्ने भुवन खड्काले बताएका छन् ।