खाेज्नुहाेस

ट्राफिक व्यवस्थापन नहुँदा दुर्घटना बढे : सांसद खनाल

Image

अत्तरिया – कैलालीस्थित पूर्वपश्चिम राजमार्गमा ट्राफिक व्यवस्थापन नहुँदा सवारी दुर्टघनाका घटना बढ्दै गएको रास्वपाका सांसद केपी खनालले बताएका छन् ।

navjiwan hospital

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसद खनालले दिउँसो सवारी साधानको ‘ओभरस्पिड’ र राति पशु चौपायाका कारण दुर्घटना हुने गरेको उनको भनाइ थियो ।

attariya hospital

‘पूर्वपश्चिम राजमार्गमा थुप्रै मान्छेको सवारी साधनको ठक्करबाट मृत्यु भइरहेको छ । बिहान स्कुल पढ्न जाँदा, दिउँसो रोजगारीमा जाँदा सवारी साधानको तीव्र गतिले सडक दुर्घटना हुन्छ,’ सांसद खनालले भने, ’राति छाडा चौपायाले दुर्घटना हुने र ज्यान जाने भइरहेको छ । ट्राफिक व्यवस्थापन नहुँदा मान्छेको मृत्यु भइरहेको छ । पीडितलाई न्याय होस्, दोषीलाई कारबाही होस् ।’

सांसद खनालले बिहीबारमात्र कैलालीको लम्किचुहा नगरपालिकाकी १२ वर्षीया स्वस्तिका न्यौपानेको हाइसको ठक्करबाट मृत्यु भएको बताए । त्यस्तै, भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन नागरिकको खोजी गर्न पनि सांसद खनालले माग गरे । उनले भने, ‘कैलालीका स्थानीय पनि भोटेकोशीमा हराउनुभएको छ, उहाँहरूको खोजी कार्य होस् ।’