खाेज्नुहाेस

बाढी पीडितका लागि कांग्रेस क्षेत्र नम्बर ५ कैलालीद्वारा ५१ हजार सहयोग

Image

धनगढी – नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलालीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

navjiwan hospital

नेपाली कांग्रेसको ‘एकद्वार नीति’ अनुसार उक्त रकम नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा व्यवस्थापन कोषमा पठाइने नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलालीका सभापति भीम पडालले जानकारी दिए ।

attariya hospital

सभापति पडालका अनुसार विपद्को यस कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले क्षेत्रीय समितिको तर्फबाट उक्त सहयोग गरिएको हो । उनले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सबै पक्षले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

यसैबीच नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलालीले बाढी तथा प्राकृतिक विपद्का क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ भने ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।