खाेज्नुहाेस

भाेलि सुदूरपश्चिम भ्रमणमा आउँदै भूमि व्यवस्था मन्त्री रावल

Image

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भाेलि भदौ ६ देखि ९ गतेसम्म सुदूरपश्चिम प्रदेशको भ्रमणमा आउने भएकी छन्। मन्त्री रावल भदौ ६ गते बिहान ८ बजे काठमाडौंबाट धनगढी आउने कार्यक्रम रहेको छ।

navjiwan hospital

धनगढी पुगेपछि उनले कैलालीका प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्नेछिन्। त्यसपछि धनगढी उपमहानगरपालिकाको अनुगमन गरी साँझ महेन्द्रनगर आउने कार्यतालिका छ।

attariya hospital

भदौ ७ गते बिहान मन्त्री रावलले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्नेछिन्। दिउँसो उनले भीमदत्त, बेदकोट र दोधाराचाँदनी नगरपालिकाको अनुगमन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, भदौ ९ गते बिहान १० बजेदेखि १२ बजेसम्म डडेल्धुराका प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्ने कार्यक्रम छ। दिउँसो अमरगढी नगरपालिकाको अनुगमन गरेपछि मन्त्री रावल साँझ महेन्द्रनगर फर्किने कार्यतालिका रहेको छ।