खेमराज बिष्ट– ‘कुनै राष्ट्रको भविष्य उसका युवाको सपना, ऊर्जा र आत्मविश्वासमा निर्भर हुन्छ । तर जब त्यही पुस्ताले आफ्नो भविष्यप्रति नै विश्वास गुमाउन थाल्छ, त्यो केवल एउटा पुस्ताको समस्या रहँदैन; त्यो राष्ट्रको भविष्यप्रतिको गम्भीर चेतावनी बन्छ ।’ आजको नेपालको यथार्थ यही चेतावनीको प्रतिबिम्ब बनेको छ । गाउँका बस्तीहरू युवाविहीन हुँदै गएका छन्, विद्यालय र क्याम्पसका कक्षाकोठा क्रमशः रित्तिँदै छन्, र देशमै रहेका धेरै युवाका मनमा एउटै प्रश्न गुञ्जिरहेको छ— ‘पढेर के हुन्छ ?’, ‘यहीँ बसेर भविष्य बन्छ र ?’ यी प्रश्नहरू केवल व्यक्तिगत निराशाका अभिव्यक्ति होइनन; शिक्षा, रोजगारी, अर्थतन्त्र र राज्य व्यवस्थाप्रतिको बढ्दो असन्तुष्टिका संकेत पनि हुन् । आज धेरै युवाले अवसरभन्दा अनिश्चितता बढी देखिरहेका छन् । यही अनिश्चितताले उनीहरूको भविष्यलाई एउटा चक्रव्यूहमा परिणत गरिदिएको छ ।
मानिसको जीवन आशामा अघि बढ्छ, तर आशा मात्र रणनीति होइन; अवसर नै भविष्य निर्माणको आधार हो । जब मेहनत, योग्यता र शिक्षाले पनि भविष्यको सुनिश्चितता दिन सक्दैनन्, तब निराशा, अन्योल र वितृष्णाले मनमा ठाउँ बनाउन थाल्छ । समस्या युवामा होइन, उनीहरूको क्षमता प्रयोग गर्न सक्ने वातावरणमा छ । जब अवसर सीमित हुन्छ, प्रतिभा पनि पलायन हुन थाल्छ । त्यसैले आज नेपालले केवल जनशक्ति मात्र होइन, आफ्ना सम्भावना पनि गुमाइरहेको छ ।

यस अवस्थाको प्रमुख कारण शिक्षा र रोजगारीबीच बढ्दै गएको खाडल हो । हाम्रो शिक्षा प्रणालीले डिग्री त उत्पादन गरिरहेको छ, तर जीवन र श्रम बजारले खोज्ने सीप, दक्षता र व्यावहारिक क्षमता विकास गर्न सकेको छैन । फलस्वरूप शिक्षित बेरोजगारको संख्या बढ्दै गएको छ । क्ष्लतभचलबतष्यलब िीबदयगच इचनबलष्शबतष्यल का प्रतिवेदनलाई हेर्ने हो भने पनि विश्वभर युवाको बेरोजगारी वयस्कहरूको तुलनामा बढी रहेको देखाउँछन् । नेपालमा पनि शिक्षित युवाले आफ्नो योग्यताअनुसारको काम पाउन नसक्नु सामान्य बन्दै गएको छ । त्यसैले ‘पढेर के हुन्छ ?’ भन्ने प्रश्न आज भावनात्मक गुनासोभन्दा पनि सामाजिक यथार्थ बनेको छ ।
अर्कोतर्फ, उद्यमशीलताको कुरा धेरै हुन्छ, तर व्यवहारमा उद्यम गर्न चाहने युवासँग पर्याप्त पूँजी, आवश्यक सहयोग र स्थिर वातावरण छैन । सीप भएकाले लगानी पाउँदैनन्, लगानी गर्न चाहनेले स्पष्ट नीति र विश्वास पाउँदैनन् । राजनीतिक अस्थिरता, कमजोर कार्यान्वयन, नातावाद, पक्षपात र अवसरको असमान वितरणले सिर्जनशील सोच भएका युवालाई पनि निरुत्साहित बनाएको छ । परिश्रम र योग्यताभन्दा पहुँचले अवसर निर्धारण गर्ने प्रवृत्तिले युवाको आत्मविश्वास कमजोर बनाइरहेको छ ।

मानिसको जीवन आशामा अघि बढ्छ, तर आशा मात्र रणनीति होइन; अवसर नै भविष्य निर्माणको आधार हो । जब मेहनत, योग्यता र शिक्षाले पनि भविष्यको सुनिश्चितता दिन सक्दैनन्, तब निराशा, अन्योल र वितृष्णाले मनमा ठाउँ बनाउन थाल्छ । समस्या युवामा होइन, उनीहरूको क्षमता प्रयोग गर्न सक्ने वातावरणमा छ । जब अवसर सीमित हुन्छ, प्रतिभा पनि पलायन हुन थाल्छ । त्यसैले आज नेपालले केवल जनशक्ति मात्र होइन, आफ्ना सम्भावना पनि गुमाइरहेको छ ।
यसबीच पारिवारिक जिम्मेवारी र तत्काल जीविकोपार्जनको बाध्यताले अर्को चुनौती थपेको छ । धेरै युवाका लागि भविष्य निर्माणभन्दा पहिले घरपरिवारको दैनिकी धान्नु नै ठूलो जिम्मेवारी बनेको छ । बढ्दो महँगी, सीमित आम्दानी र आर्थिक दबाबले दीर्घकालीन योजना बनाउन कठिन बनाइदिएको छ । यस्तो अवस्थामा अनुसन्धान, नयाँ सोच वा उद्यमशीलताभन्दा तत्काल आम्दानी दिने बाटो रोज्नु बाध्यता बन्छ । त्यसैले विदेशप्रतिको आकर्षण धेरैका लागि रहर होइन, परिस्थितिले सिर्जना गरेको विकल्प बनेको छ । म्भउबचतmभलत या ँयचभष्नल भ्mउयिथmभलत का तथ्याङ्क हेर्दा हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा गइरहेको देखाउँछन् । यो केवल विदेश जाने संख्या होइन, देशभित्र अवसरको खोजीमा हार खाइरहेका सपनाहरूको कथा पनि हो ।
विदेश जानु आफैँमा गलत होइन । धेरैले विदेशमा आफ्नो भविष्य बनाएका छन् र उनीहरूले पठाएको विप्रेषणले देशको अर्थतन्त्रलाई पनि टेवा दिएको छ । तर आफ्नै देशमा भविष्य नदेखेर विदेशलाई मात्र सम्भावनाको भूमि ठान्नुपर्ने अवस्था कुनै पनि राष्ट्रका लागि सुखद होइन । ध्यचमि द्यबलप ले पनि दक्ष जनशक्तिको निरन्तर पलायनले दीर्घकालीन विकासमा चुनौती सिर्जना गर्न सक्ने उल्लेख गर्दै आएको छ । जब राष्ट्रका ऊर्जाशील युवाले आफ्नै भूमिमा सम्भावना देख्न छाड्छन्, त्यो केवल आर्थिक समस्या हुँदैन; त्यो राष्ट्रको आत्मविश्वास कमजोर हुँदै गएको संकेत पनि हो ।
विश्वका धेरै देशको अनुभवले देखाएको छ कि युवामा गरिएको लगानी नै राष्ट्रको भविष्यमा गरिएको सबैभन्दा ठूलो लगानी हो । दक्षिण कोरिया, सिंगापुर र फिनल्यान्डजस्ता देशहरूले शिक्षा, सीप, अनुसन्धान र उद्यमशीलतालाई प्राथमिकता दिएर उल्लेखनीय विकास हासिल गरेका छन् । उनीहरूको सफलताले एउटा स्पष्ट सन्देश दिन्छ—युवालाई अवसर दिने राष्ट्र नै समृद्ध बन्छ । नेपालले पनि आफ्ना युवालाई समस्या होइन, सम्भावनाका रूपमा हेर्न सके मात्र दिगो विकासको आधार बलियो बनाउन सक्छ ।
यस अवस्थाबाट बाहिर निस्कन भाषणभन्दा बढी व्यवहार आवश्यक छ । शिक्षा प्रणालीलाई सीप, उत्पादन, प्रविधि र रोजगारीसँग जोड्नुपर्छ । उद्यम गर्न चाहने युवालाई सहुलियतपूर्ण ऋण, तालिम र बजारसम्म सहज पहुँच उपलब्ध गराउनुपर्छ । योग्यतालाई सम्मान गर्ने निष्पक्ष प्रणाली निर्माण गर्नुपर्छ । राजनीतिक प्रतिबद्धता भाषणमा होइन, काममा देखिनुपर्छ । त्यसैगरी युवाले पनि बदलिँदो समयसँगै नयाँ सीप सिक्ने, आत्मनिर्भर बन्ने, सिर्जनशील सोच विकास गर्ने र अवसरको खोजी मात्र होइन, अवसर सिर्जना गर्ने संस्कार पनि विकास गर्न आवश्यक छ । परिवर्तनको जिम्मेवारी राज्यको मात्र होइन, समाज र युवाको पनि हो ।
भविष्य आफैँ बन्दैन, निर्माण गरिन्छ । तर भविष्य निर्माणका लागि सपना मात्र पर्याप्त हुँदैन; त्यसलाई साकार पार्ने अवसर, न्यायपूर्ण नीति र विश्वासयोग्य वातावरण पनि आवश्यक हुन्छ । आज नेपाली युवाले खोजेको कुरा विशेष सुविधा होइन, आफ्नो मेहनत र योग्यताको सम्मान हो। जब राज्यले अवसर दिन्छ, समाजले विश्वास जगाउँछ र युवाले आफ्नै देशमा आफ्नो भविष्य देख्न थाल्छन्, तब मात्र निराशाको ठाउँमा आशा, पलायनको ठाउँमा सिर्जना र अन्योलको ठाउँमा आत्मविश्वासले स्थान लिन्छ । आखिर कुनै पनि राष्ट्रको समृद्धि प्राकृतिक स्रोतले मात्र होइन, आफ्ना युवाको विश्वास, क्षमता र सम्भावनाले निर्धारण गर्छ । आज युवाको भविष्य सुरक्षित गर्नु भनेको भोलिको नेपालको भविष्य सुरक्षित गर्नु हो । वास्तविक रूपमा वर्तमान समयमा पनि युवाको आवाज सुन्न सकेनौँ भने, भोलि इतिहासले हाम्रो मौनतालाई प्रश्न गर्नेछ ।



















