अछाम – १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पश्चिम रुकुमका एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका–९ निवासी २७ वर्षीय जयप्रकाश स्वर्णकार रहेका छन्। जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीका अनुसार स्वर्णकारले १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

















