अछाम – अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । पञ्चदेवल बिनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएका हुन ।
घाइते हुनेमा स्थानीय जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजार रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।