
अछाम – अछामको साँफेबगर नगरपालिका–४ डाँडाखालसैनस्थित धामीटोला सामुदायिक वनमा खन्युको रुखमुनि लुकाइछिपाइ राखिएको अवस्थामा बेवारिसे दुई नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ उक्त बन्दुक फेला पारी बरामद गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


















