बेलौरी – भौतिक पुर्वाधार मन्त्री सुनिल लम्सालले भारतीय पक्षको अबरोधका कारण ७ वर्षदेखी बन्न नसकेको हुलाकी राजमार्गको समस्या चाडै समाधान हुने बताएका छन ।
सुदुरपस्चिम भ्रमणमा रहेका मन्त्री शुक्रवार कञ्चनपुरको बेलौरी पुगेर हुलाकी राजमार्गको विवाद ७ दिनमै समाधान हुने बताएका हुन ।

आफै गाडी चलाएर महेन्द्रनगरबाट दैजी-डोकेबजार हुलाकी राजमार्गमा भारतिय पक्षले विगत ७ वर्षदेखि अवरोध गरिरहेको बेलौरी नगरपालिका ८ स्थित करिब डेढ किलोमीटर हुलाकी राजमार्ग भएरै बेलौरी बजार पुगेका मन्त्री लम्सालले हुलाकी राजमार्ग चाडै बन्ने आश्वासन समेत दिए । उनले निर्माण अलपत्र रहेको हुलाकी राजमार्गको रिटेण्डर हुने समेत बताए ।

बेलौरी बजारमा पार्टी नेता कार्यकर्ताले उनलाई स्वागत समेत गरेका थिए । त्यसै क्रममा उनलाई पत्रकारले प्रश्न गर्छन ‘ हुलाकी राजमार्ग भएर यहाँ (बेलौरी ) पुग्नुभयो ,आउदै गर्दा के देख्नुभयो । प्रधानमन्त्रीले नेपालले पनि सिमा मिचेको अभियक्ती दिनुभएको छ ,यहाँ पुग्दा चाहिँ के देख्नुभयो ? ‘
जवाफमा मन्त्री लम्सालले भने’ सिमामा तनाव छ ह न यस्लाई समाधान गर्नुपर्छ । ल ठिक छ ‘ त्यत्तिकैमा फेरि प्रश्न ‘कहिले समाधान हुन्छ होला त? ‘ जवाफमा मन्त्रीले भने ‘म जाने बित्तिकै यो हप्तामा समाधान गर्छु ,अन्डर्स्टान्डिङको लेवलम जहिले सुकै पुगेपनी ,डाइलग चाहिँ यो हप्तामै गर्छु म यो विषयमा । त्यसपछि म अपडेट पनि गराउछु है ।’
उनले सिमा समस्या समाधान दुबै देशका प्रतिनिधि बसेरै समाधान गरिने समेत बताए ।
पुर्नवासदेखी दैजीसम्मको ६२ किलोमिटर हुलाकी राजमार्ग अन्तर्गतको बेलौरी नगरपालिका ८ खप्टीनालादेखी-पचुइ सम्म करिब डेढ किलोमिटर सडक भारतिय पक्षको अवरोधका कारण अहिलेसम्म बन्न सकेको छैन । २०७५ सालतिर हुलाकी सडक निर्माणका क्रममा एसएसबीले त्याहा अवरोध गरेको थियो ।
हुलाकी सडक स्ट्रीप नक्साका आधारमा आफ्नो दाबी गरिरहेको भारतले त्यसयता निर्माण गर्न दिएको छैन । त्यहाँ पटक पटक निर्माणको प्रयास गरिए पनि भारतले अवरोध गरिरहेको हुन्छ ।


















