खाेज्नुहाेस

गर्मीमा तातो कफी पिउनुको यस्ता छन् फाइदा

Image

काठमाडौँ । सामान्यतया जाडो मौसममा तातो पेय पदार्थहरू बढी सेवन गरिन्छ । यसले शरीरलाई न्यानो बनाउने विश्वास गरिन्छ । तर गर्मी मौसममा तातो कफी पिउनु पनि स्वास्थ्यका लागि लाभदायक हुन सक्ने विज्ञहरू बताउँछन् ।

धेरैलाई गर्मीमा तातो कफी पिउँदा शरीर झन् तातो हुन्छ भन्ने लागे पनि सही अवस्थामा यसले शरीरलाई चिसो महसुस गराउन मद्दत गर्न सक्छ । विज्ञहरूका अनुसार तातो पेय पदार्थ सेवन गर्दा शरीरका रक्तनलीहरू फराकिला हुन्छन् । यसले छालासम्म रक्तसञ्चार बढाउँछ र शरीरभित्रको ताप बाहिर निस्कन सहयोग पुग्छ । साथै, तातो कफी पिएपछि हल्का पसिना आउँछ । पसिना सुक्दै वाष्पीकरण हुँदा शरीरले स्वाभाविक रूपमा चिसोपन महसुस गर्छ ।

attariya hospital

कफी खाँदा यी कुरामा दिनुस् ध्यान

navjiwan hospital

ओटावा विश्वविद्यालयको एउटा अध्ययनअनुसार तातो कफीको यस्तो प्रभाव वातावरणले पसिनालाई सजिलै सुक्न मद्दत गर्ने बेलामा मात्रै प्रभावकारी हुन्छ । मौसम अत्यधिक आद्र्र छ भने पसिना छिट्टै सुक्दैन र शरीरलाई राहत मिल्नुको सट्टा अझ बढी गर्मी महसुस हुन सक्छ । त्यसैले तातो कफीको लाभ मौसम र शरीरको अवस्थामाथि निर्भर हुन्छ । सुख्खा मौसममा तातो कफी बढी उपयोगी हुन सक्छ भने अत्यधिक आद्र्र भएको अवस्थामा सावधानी अपनाउनु उपयुक्त हुन्छ ।

कुन हो गर्मीमा कफी पिउने सही समय ?

कफी पिउने समय पनि महत्वपूर्ण मानिन्छ । ताजा बनाइएको तातो कफीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ । कफी खाली पेट पिउनुभन्दा बिहानको खाजा खाइसकेपछि वा केही समयपछि सेवन गर्नु राम्रो मानिन्छ । यसले अम्लपित्त तथा तनावसँग सम्बन्धित हर्माेनको प्रभाव कम गर्न सहयोग पुर्याउन सक्छ ।

दिनमा कति कफी पिउनु उपयुक्त ?

गर्मी मौसममा कफी सीमित मात्रामा सेवन गर्नु राम्रो हुन्छ । दिनभरमा एकदेखि दुई कप कफी पर्याप्त मानिन्छ । साथै, शरीरमा पानीको कमी हुन नदिन प्रशस्त पानी पिउनु र सन्तुलित जीवनशैली अपनाउनु पनि उत्तिकै आवश्यक छ ।