बाजुरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराको सभापतिमा नवराज जैशी निर्विरोध निर्वाचित भएका छन । रास्वपाको जिल्ला अधिवेशनबाट जैशी सभापतिमा चयन भएका हुन ।

अधिवेशनबाट उपसभापति पुर्णलाल पाण्डे, सचिवमा बिक्रम गुयाल, सह–सचिवमा बिर्ख बिष्ट, कोषाध्यक्षमा सीता ओली चयन भएका छन ।

यस्तै सदस्यहरुमा सनत शाही (सनक), धनलाल वि.क, उमेश रोकाया र मन राज बुढा चयन भएका छन ।



















