अत्तरिया – कैलाली र अछाममा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

कैलालीको टिकापुर नगरपालिका–२ राजीपुरमा बस्ने ५५ वर्षीय लालबहादुर ठकुल्ला बुधबार आफ्नै घर नजिक रहेको नालामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, अछामको पञ्चदेवल विनायक नगरपालिका–९ स्थित भानाकोटबाट दैलेखको जैखोला जाने झोलुङ्गे पुल नजिक कर्णाली नदी किनारमा नाम, थर र वतन नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



















