खाेज्नुहाेस

अछाममा जिप दुर्घटना हुँदा ५ जना घाइते

Image

अछाम – अछामको साँफेबगर नगरपालिका–२ स्वाँरबाडामा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन । मंगलबार पहलमान सिंह स्वाँर मार्गमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका हुन ।

navjiwan hospital

धनगढीबाट बाजुरातर्फ जाँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर दुर्घटना हुँदा चालक बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ बस्ने टेकेन्द्र रावत, बुढीगंगा नगरपालिका–५ बस्ने अन्दाजी ४१ वर्षीया देबु खाती, सोही ठाउँका ५३ वर्षीय नृप खाती, बुढीगंगा नगरपालिका–९ बस्ने ३४ वर्षीया उज्जला सेरेला र ८० वर्षीया बैरागी सेरेला घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

attariya hospital

घाइतेको बयलपाटा प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त जिप सडकभन्दा ६० मिटर तल खसेको थियो ।